
धनुषा - बन्द गरिएका रामवृक्ष यादव प्राबिधिक शिक्षालय पुन संचालन गर्न अभिभाबक भेला बोलाउन बक्ताहरु सहमत भएका छन् |
गणेशमान चारनाथ नगरपालिका वडा न. ९ मा शिक्षाको अबस्था र सुधारका प्रयास बिषयमा आयोजित पाइनल डिस्कसन कार्यक्रममा मा.बि बरमझियाको शिक्षाको अबस्था सुधार गर्न बक्ताहरु सहमत भएको हो | युथ डिस्कोर्स सेरिज अन्तर्गत सेफ नेपालको साझेदारीमा गणेशमान चारनाथ युवा संजालको आयोजनामा शिक्षाको अबस्था र सुधारका प्रयास बिषयमा गम्भीर छलफल भएको छ | शिक्षामा सुधार ल्याउन सम्बन्धित सरोकार बालाहरुलाई जिम्मेबारी तथा दायित्व बोध भएको छ | वडा अधयक्ष र बिधालय ब्यबस्थापन समितिको अध्यक्ष समेत रहेको नन्दकिशोर यादवले चाडै अभिभाबक, शिक्षक, शिक्षा प्रेमी र जनप्रतिनिधिहरुको संयुक्त भेला बोलाउने प्रतिबध्ता ब्यक्त गर्नु भएको छ | मा.बी बरमझियाको शिक्षामा देखिएका समस्याहरु, बिधालय स्तर उन्नति र रामवृक्ष यादव प्राबिधिक शिक्षालय लगायत बिषयमा केन्द्रित भइ छलफल गरिने बिश्वास लिएको हो | पाइनल डिस्कसन कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाको अधयक्ष पुरण गुप्ताले संचालन गरेका थिए |
पुर्ब मन्त्रि तथा पदेश सभा सदस्य सुनिता यादवले भनिन- शिक्षहरु अबस्था नाजुक छ | बर्तमान अबस्थामा देशको प्रधानमन्त्री को रहेको छ तेयती पनि अपडेट रहेको छैन शिक्षकहरु | ४ बर्ष पहिलेको प्रधानमन्त्री र राष्टपति फोटो कार्यालय राखेपछि यसलाई के भन्नु हुन्छ | घर पाइक जागिर चाहिन्छ तर तेसको दुरुपयोग भइ रहेको छ | ०७५ साल प्राबिधिक शिक्षाको लागि गाउमा सबै राजनितीक दल र प्रतिनिधिसंग पहल गरि सबैको सहयोगमा रामवृक्ष यादव प्राबिधिक शिक्षालय ल्याइयो तर श्रोत साधन अभावको कारण बन्द भएको छ तर अब सबै मिलि सुचारु गर्न पहल गरौ र आफु सहयोग गर्न तयार रहेको प्रतिबध्ता ब्यक्त गर्नु भयो |
गणेशमान चारनाथ नगरपालिका मेयर जित नारायण यादवले भन्नु भयो – शिक्षामा सुधार गर्न बजेट अभाब हुन् दिन्न, योजना बनाएर अगाडी बढ्नु पर्छ | यस पालिकामा रहेको ४ सय ११ बालबालिकाहरु बिधालय बाहिर छन् | यस बर्ष भित्र सबैको बिबरण संकलन गरि आगामी बर्षमा बिधालय भन्दा बाहिर रहेका सबै बाल बालिका बिधालय भर्ना गराउने, अहिले सम्म शिक्षामा अनुगमन धेरै गर्न सकेको छैन अब गर्नेछु | दलित तथा सिमान्तकृत समुदाय छात्रवृति र निशुल्क शिक्षाको पहल लिने तथा बन्द भएको रामवृक्ष यादव प्राबिधिक शिक्षालय सुचारुको लागि आवश्यक पहल गर्ने प्रतिबध्ता ब्यक्त गर्नु भयो |
शिक्षा शाखा प्रमुख छोटी मुखियाले भन्नु भयो – पहिले को तुलनामा अहिले पालिकाको शिक्षा अबस्था सुधार आएको छ . खेल कुद मा पनि यहाका विद्यार्थी रामो गरेको छ . दलित तथा सिमान्तकृत बालबालिकाको लागि समय छात्रवृति र सेनेतेरी प्याड पठाउने गरेको छु . नियमित अनुगमन पनि गरेको छु . आगामी दिन थप राम्रो बनाउने प्रतिबध्ता ब्यक्त गर्नु भयो |
पुर्ब गाबिस अधयक्ष तथा पुर्ब बिधालय ब्यबस्थापन समितिको अधयक्ष समेत रहेका विसुन्देव यादवले भन्नु भयो – पहिलाका सबै अध्यक्षहरु मनमानी तरिकाले शिक्षक न्युक्ति गरे, गल्तिहरु भयो, राम्रा काम हरु पनि भयो . तेसैले आज पनि बिधालय टिकेको छ | अब तेस्तो गल्तिहरु नदोहोरिने गरि काम गरौ . सबै मिलि शिक्षा सुधार गरौ हाम्रै बालबालिकाको भविष्य बन्ने छ |
सहभागीहरु बाट शिक्षामा देखिएका समस्याहरु, चुनौती र सुझाब पनि दिएको छ | माबी बरमझियाको शिक्षा अबस्था ठिक छैन, अयोग्य शिक्षकको न्युक्ति, रुपिया पैसा चलखेल हुने गरको, स्थानीय शिक्षक हरु सरुवा हुनु पर्ने, अल्छी शिक्षक, २\४ जना मात्र सीई पास गर्ने गरेको, सिसि क्यामरा काम छैन, चल्दैन पनि, सरकरी तलब खाने बोडिंग पठाउने प्रवृति, ड्रेस नभएर गरिब बच्चा बिधालय जान सकेको छैन, बिना ड्रेस बिधालय गएमा शिक्षक हरु बच्चा हरु घर फिर्ता पठाउने गरेको, गरिब दलित समुदाय संग पैसा छैन, सात रकम तिर्न नसकेर बच्चा लाई बिधालय पठाउदैन, शिक्षक बिदार्थी लाई होम वर्क दिदैंन, शिक्षक हरु वाइफई मा मस्त रहन्छ, केटा केटि छुटै चर्पी हुनु पर्ने हो, अभिभाबकलाई शिक्षाको महत्यो सम्बन्धि तालिम दिनु पर्ने माग गर्नु भयो, गरिब दलित र सिमान्तकृत समुदाय बालबालिका हरु बिधालय भन्दा बाहिर छन्, बार्षिक रुपमा बिधालयको हरहिसाब दिनु पर्छ लगायत बिषय वस्तु सहभागी हरु बाट उठेको थियो |
द एसिया फाउनडेशनको मुख्य कार्यान्बयन संस्था रहेकोमा युएस आइडी नागरिक समाज मिडिया कार्यक्रम अन्तर्गत सामाजिक परिबर्तनको लागि युवा परियोजनाले धनुषाको चार पालिका मा युवा संजाल गठन गरि युवा, महिला र सिमान्तकृत समुदायको लागि कार्य गरि रहेको छ । पाइनल डिस्कसनमा कार्यक्रम माथि प्रकाश तथा संस्था तथा परियोजना र अचारसंहिता को बारेमा सेफ नेपालको संयोजक तथा मानव अधिकारकर्मी बिनोद महराले गर्नु थियो | कार्यक्रममा राष्टिय मानबअधिकार आयोग मधेस प्रदेस कार्यालय प्रमुख बुध नारायण सहनी र इन्सेक प्रदेश संयोजक राजु पासवानको उपस्थिति रहेको थियो |
युवा संजाल अधयक्ष जित कुमार यादव अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ | कार्यक्रममा समाजसेबी सोभित यादव, बिनोद यादव, चन्द्र यादव, शिक्षक सफिद राईन, डाक्टर रामपुकार महरा, शिब कुमार साह, जगदीश महासेठ, शिबसंकर धामी, भिषण गरेरी, नथुनी महरा मकेशर साह, अमृति महरा, युवा संजालका सदस्यहरु पविता यादव, रबिन्द्र यादव, अविनाश शर्मा र संजिला मण्डलको उपस्थिति रहेको थियो