
चाैथाै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल केन्यासँग सात रनले पराजित भएकाे छ । केन्याकाे याे जितसँगै पाँच खेलकाे शृङ्खलामा दुई–दुईकाे बराबरी भएकाे छ ।
केन्याले दिएकाे एक सय दुई रनकाे लक्ष्य पछ्याएकाे नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रनमात्र बनायो ।
नेपालका लागि राेहित पाैडेलले ४७ रन बनाए भने बलिङतर्फ केन्याका राकेप पटेलले तीन विकेट लिए ।
२० ओभरमा अलआउट हुँदै एक सय एक रन बनाएको केन्याका लागी लुकास ओलाउचले ३३, कोलिन्स ओबुयाले २० र शेम ङोचेले १३ रन बनाएका थिए । बलिङतर्फ नेपालका सन्दीप लामिछानले पाँच विकेट लिए । यस्तै मोहम्मद आदिल आलमले दुई तथा शाहब आलम र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिएका थिए ।
अब पाँचाैँ तथा निर्णायक खेल मंगलबार हुनेछ ।