
चितवन - यतिबेला सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल भइरहेको जहाँ प्रहरीले एक युवालाई भुइँमा लडाएर लात्तैलात्तले हानेको देख्न सकिन्छ ।
यो भिडिओ चितवनको भरतपुरस्थित बाइपास रोडको रहेको पुष्टि भएको छ । सडकमा जाँच गर्ने क्रममा ती युवकलाई प्रहीले निर्घात कुटपिट गरेको पाइएको छ ।
‘कसलाई फोन गर्ने ? पावर देखाएको’ भन्दै प्रहरीले ती प्रहरीले निर्घात कुटपिट गरेको भिडिओमा देख्न सकिन्छ । कुटपिटका क्रममा प्रहरीले अपशब्द प्रयोग गर्दै गालीगलौजसमेत गरेका छन् ।
मोटरसाइकलको कागजपत्र जाँच गरिरहेका प्रहरीले संयमता गुमाउँदा यो घटना भएको देखिन्छ ।
रातको समयमा एक व्यक्तिमाथि प्रहरीले निर्घात कुटपिट गरिरहेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसबारे अनुसन्धान सुरु गरिएको चितवन प्रहरीले जनाएको छ ।
सत्यतथ्य पत्ता लगाउन अनुसन्धान थालिएको चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।