
जनकपुरधाम - संसदीय मामिला सम्बन्धि पत्रकारहरुसँग लैगिंक सम्बेदनशील संसदीय रिपोटिंग सम्बन्धि कार्यशाला गोष्ठी आजबाट जनकपुरधाममा शुरु भएको छ ।३ दिवसीय सो कार्यशाला गोष्ठीको उदघाटन गर्दै सभामुख रामचन्द्र मण्डलले लैगिंक सम्बेदनशीलतालाई सांसद र पत्रकार दूबैले बुझनुपर्छ बताउनुभयो ।
हरेक समाजले महिला र पुरुषको लागि बेग्ला बेग्लै मूल्य मान्यता, भूमिका, उत्तरदायित्व र विशेषता तोकिदिएको हुन्छ तर त्यसको नाउँमा कसैले कसैलाई होच्याउन नसक्ने उहाँको कथन थियो ।उपसभामुख बबिताकुमारी राउतले संसदीय रिपोटिंग गर्दा महिलाको कुरालाई प्राथमिकतामा राख्नुपर्छ बताउदै यसले महिलालाई अझै बोल्ने प्रेरणा दिन्छ भने महिलाको विषयवस्तु पनि उठने उल्लेख गरिन ।
समारोहमा मधेश प्रदेश सभाका राजस्व योजना समितिका सभापति अनिता कुमारी साह, महिला बालबालिका तथा सामाजिक न्याय समितिका सभापति रुपाकुमारी यादव,, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष एवं राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा, वरिष्ठ पत्रकार बबिता बस्नेत लगायतले बोल्नु भएको थियो ।