
जनकपुरधाम - नव मिथिला फाउण्डेशनको आयोजनामा माघ २४ गते देखि हुने तीन दिवसीय जनकपुर साहित्य महोत्सवका लागि कथाकार र कविको छनौट कार्य सम्पन्न भएको छ ।कथामा ५ जना र कवितामा ६ जनालाई छनौट गरिएको जानकारी फाउण्डेशनका अध्यक्ष अमित साहले दिएका छन् । छनौट गरिएका छात्राछात्राहरु राम मन्दिरको पार्कमा हुने महोत्सवमा प्रस्तुत गर्नु हुनेछ ।
कथामा न्यू आइडियल सेकेन्ड्री स्कूलका छात्रा भमिका साह, गोदावरी सेकेन्ड्री स्कूलका छात्र ओम लाभ, याज्ञवल्कय संस्कृत माविका छात्रा साक्षी झा, अन्पूर्णा सेकेड्ररी स्कूलका छात्र अन्जन कुमार र डेफोडिल्स पब्लिक स्कूलका छात्रा प्रीति पाण्डे छनौट भएका छन् ।कथा छनौटमा निर्णायकका रुपमा मिनापका पूर्व अध्यक्ष एवं कनकपट्टी माविका प्रधानाध्यापक सुनिल मल्लिक, कथाकार एवं पत्रकार सुजीत कुमार झा, कथाकार एवं कवि पुनम झा मैथिली र गौतम साह रहेका थिए ।
यसैगरी कवि गोष्ठीमा मिट इंगलिस बोर्डिग स्कूलका छात्रा अस्मितारानी ठाकुर, साउथ प्वाइन्ट बोर्डिग स्कूलका छात्र प्रभाकर झा, अन्पूर्णा सेकेड्ररी स्कूलका छात्रा अतिथि प्रिया, याज्ञवल्कय संस्कृत माविका छात्र सुमित झा, अर्या इन्टरनेशनलका नेहा सिंह र ज्ञानदा इन्टरनेशनलका मनिका साहलाई छनौट गरिएको छ ।
कवि छनौटमा निर्णायकका रुपमा किरण झा ‘रश्मी’, देवीकान्त मिश्र र मनोज प्रमेश रहेका थिए ।फाउण्डेशनका अध्यक्ष अमित साहको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार घनश्याम मिश्रले गरेका थिए ।

















