
महोत्तरी- बर्दिबास मेयर कप क्रिकेट २०८१ को फाइनल म्याच वडा नं.१ र १२ भिड्ने बीच हुने भएको छ। फाईनल म्याच बुधवार बिहान ११ :३० बजे बर्दिवास २ स्थित रंगशालामा हुने आयोजक संस्थाले जनाएको छ ।
श्री सर्च ०४४ खेलकुद तथा संगित संस्थाको आयोजना र वर्दिबास नगरपालिकाको आर्थिक सहयोगमा संचालित उक्त प्रतियोगितामा नगरपालिकाका १४ वटै वडावाट सहभागिता रहेको अध्यक्ष योगेश हमालले जनाए ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु.५१ हजार र दोश्रो हुनेलाई रु.२५ हजार पुरस्कार सहित प्रमाण शिल्ड व्यवस्था गरीएको छ ।