
सिरहामा एक महिलाको शव पोखरीमा डुबेको अवस्थामा फेला परेको छ ।
आठ दिनदेखि बेपत्ता सिरहाको कर्जन्हा नगरपालिका-७ मरेवाकी ६५ वर्षीया देवी यादव बेतहास्थित खलिल राइनको पोखरीमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
माघ २ गतेदेखि हराएकी उनको खोज तलासको क्रममा बिहीबार पोखरीमा शव फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।