
धनुषामा श्रीमानले लाठी प्रहार गरि श्रीमतीको हत्या गरेका छन् । शनिबार राति २ बजे जिल्लाको धनुषाधाम नगरपालिका–५, पर्वताका ३३ वर्षीय देवलाल ठाकुरले २७ वर्षीया श्रीमती संगिता ठाकुरलाई लाठी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।
देवलालले श्रीमतीसँग घरभित्र विवाद भएपछि आवेशमा आएर लौरो प्रहार गरेको बताइएको छ । इलाका प्रहरी कार्यालय धनुषाधामका अनुसार संगिताको गम्भीर चोटका कारण घटनास्थलमै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले आरोपित देवलाललाई नियन्त्रणमा लिएको छ । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।