{“remix_data”:[],”remix_entry_point”:”challenges”,”source_tags”:[“local”],”origin”:”unknown”,”total_draw_time”:0,”total_draw_actions”:0,”layers_used”:0,”brushes_used”:0,”photos_added”:0,”total_editor_actions”:{},”tools_used”:{“ai_enhance”:1,”transform”:1},”is_sticker”:false,”edited_since_last_sticker_save”:true,”containsFTESticker”:false}
सर्लाही – नेपाल पत्रकार महासंघ सर्लाही शाखाका नवनिर्वाचित अध्यक्ष तथा कान्तिपुर दैनिकका संवाददाता ओमप्रकाश ठाकुरलाई मातृशोक परेको छ। उनकी आमा वैदेही देवी ठाकुरको ७५ वर्षको उमेरमा हिजो साँझ निधन भएको छ।
महाकुम्भ स्नानका लागि भारततर्फ जाँदै गर्दा मलंगवा नजिकै अचानक अस्वस्थ भएपछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको थियो। तर, अस्पतालले उनलाई मृत घोषित गरेको परिवारिक स्रोतले जनाएको छ।



वैदेही देवीका एक छोरा र चार छोरी रहेका छन्। उनको शव पिपरियास्थित घरमा लगिएको छ, आज दिउँसो २ बजेपछि हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिने परिवारले जानकारी दिएको छ।





