
बर्दिवास-३ भब्सीका विजय पोखरेलले बजार आउँदा हात्तिमारा खोलाले दिएको सास्ति अझै भुलेका छैनन ।
बर्षायाममा कयौं पटक वाईक वगाएको मात्र हैन खोलाको जंगार तर्न नसक्दा आधा दिनसम्म बाढी कम हुने आशाले पर्खिरहेको उनीसगँ नमिठो सम्झना छ ।
परिणामस्वरूप कयौ पटक पोखरेल स्थानिय सिंहदरवारमा डेलिगेसन गएर साझा समस्या जनप्रतिनिधिलाई अवगत पनि गराएका छन ।
पोखरेलको जस्तै हात्तिमारा खोलाको आतंक भब्सी गाउँका हरेक स्थानियहरुले यसैगरी भोगेका छन । सामान्य किनमेलको लागि बर्दिवास आउनुपर्ने वाध्यताका विच भब्सीवासीका पिडाहरु बर्षायाम लागेपछी पुनः बल्झिन्छन ।
तर पुरै गाउँलाई तर्साउने हात्तिमारा खोलामा अहिले पक्की पुलको काम हुँदै छ जुन यो आर्थिक बर्षमा जसरीपनी सकाउनुपर्ने ठेक्केदारलाई डेटलाईन दिइएको छ ।
यो वनेपछी भब्सीवासीहरु पुलमाथीवाट विगतमा खोलाको आतंक सम्झनेछन अनि सहजतासगैँ सुगमताको अनुभुत गर्नेछन ।
हात्तिमारा पुल नै बर्दिवासको समृद्धिको आधार वन्दै छ
हात्तिमारा खोलामा पुल बनेपछि स्थानियहरुका सास्ती मात्र हैन समृद्धि आधार समेत तयार हुने विस्वास लिइएको छ ।
भब्सीको माथिल्लो क्षेत्रमा युगिन महत्व वोकेको ठाउँहरु छन । विश्ववाट नै लोपोन्मुख अवस्थामा रहेको गिद्वको बासस्थान देखि मध्य पाषण युगको हतियार कारखानाका केही ऐतिहासिक स्थल समेत यसै ठाउँमा छन ।
मधेश कै दोश्रो अग्लो डाडा राईमण्डल यसै क्षेत्रमा रहेको छ । असंख्य सम्भावना नै सम्भावना बोकेको यो ठाउँको विषयमा धेरैलाई थाहा भएतापनी सडक संजालको अभावमा आवतजावतमा कठिनाई थियो ।
त्यसैले यो हात्तिमारा पुल पर्यटन विकासमा महत्वपूर्ण कोशेढुंगा सावित हुने नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले विस्वास व्यक्त गरे ।
पुरातत्व विभागवाट अध्यण गर्न आएका भास्कर ज्ञवाली भब्सीको रातमाटे क्षेत्र त गुड्रन कर्विन्सले पत्ता लगाएको १० हजार बर्ष पहिलाको अवशेष समेत भएको वताउछन ।
लामो समयदेखी स्थानियहरुले भोगेको समस्याहरुलाई मैले अनुभुत गरेको थिए र पुल वनाएर यो समस्या विस्थापन गर्न सकिन्छ भन्ने मलाई लागीरहेको थियो ।´ नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले भने ।
नगरको आन्तरिक स्रोतवाट त्यसैले पनि अग्रसरता लिएको हौ ।´
पर्यटन विकासको लागि महत्वपूर्ण सम्भावना वोकेको राईमण्डल क्षेत्रको लागि समेत यो पुल महत्वपूर्ण आधार वनेको स्थानियहरुले वताएका छन् ।

धेरै समस्या भोग्यौ, हाम्रो दिन कहिले आउला भन्ने पनि लाग्थ्यो कहिलेकाही । तर आज साकार भएको छ ।´ स्थानिय वन बहादुर रानामगरले भने ।
नगरलाई हार्दिक धन्यवाद छ हामी सवैको तर्फबाट ।´
इन्द्रेश्वर माहादेवको मण्दिर लगायत मण्दिर नै मण्दिर भएको यो ठाउँ धार्मिक पर्यटनका लागि समेत उर्वर रहेको वताउदै यो पुलले धार्मिक पर्यटनलाई जोड्न सक्ने अर्का स्थानिय जगत थापाले वताए ।
मनोरम पहाडका फेदिका यी गाउँहरु आन्तरिक र वाहय पर्यटकका लागि होमस्टेको पनि ठूलो सम्भावना छ ।
सडक संजाल कै अभावमा निराश यी गाउँहरुमा हात्तिमारा पुल निर्माणसगैँ नया आशा पलाएको उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडका वताउछन । पर्यटन विकासमा उधोग बाणिज्य संघले देखाएको मार्गदर्शनमा स्थानिय सरकारले लय लिएको छ ।´ अध्यक्ष खडकाले भने ।
खुसी लागिरहेको छ ।´
पर्यटनका लागि संरचनाहरु वनाउन र आवतजावत गर्न हात्तिमारा पुलले उत्साहित वनाएको नगर पर्यटन वोर्डका अध्यक्ष हिरा गौतमले वताए ।
होटल हवकोरुपमा विकास भएको बर्दिवासमा आउने पाहुनाहरुलाई घुमाउन लैजान अब वाटो खुल्ला भएको छ ।´ अध्यक्ष गौतमले भने ।
पर्यटन वोर्डले पनि थप विकासका कामहरुमा ध्यान दिनेछ ।´
अब भब्सीवासीहरुले उत्पादन गरेका कृषि उपजहरु बजारसम्म पुर्याउन मात्र हैन आर्थिक उन्नतिले समृद्धिको लयमा जाने उक्त वडाका वडा अध्यक्ष बिराट बिष्टले वताए ।
एउटा पुलले हजारौ गाउँवासीहरुले कसरी सु: खको स्वास फेर्छन भन्ने हात्तिमाराको निर्माणाधिन पुल उदाहरण वनेको छ ।