
हाम्रो माया घरलाई महोत्सव लगाउन दिएको स्वीकृति बर्दिवास नगरपालिकाले तत्कालको लागि स्थगित गरेको छ।
संस्थाको घर निर्माणार्थ आर्थिक संकलन गर्ने उद्देश्यले स्थानिय सरकारले दिएको स्वीकृति उधोग बाणिज्य संघका कारण विवादास्पद वनेपछि नगरपालिकामा बोलाइएको सर्वपक्षिय बैठकमा नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले अर्को सहमती र आर्थिक अवस्था सुधार नभए सम्मको लागि हाललाई महोत्सव स्थगित गरिएको जनाएका हुन् ।
सामाजिक एकतामा नै असर पर्न सक्ने विषयलाई मध्यनजर गर्दै नगरप्रमुख क्षेत्रीले अर्को निर्णय नभएसम्म महोत्सव स्थगन गर्ने वताए ।
नगरप्रमुख क्षेत्रीले आगामी दिनमा नगरपालिकाले महोत्सव सम्बन्धी कार्यविधी बनाउने र दीर्घकालीन रुपमा विवाद नआउने वातावरण सिर्जना गर्ने प्रतिवद्वता जनाए ।
महोत्व आयोजना गर्न उद्योग बाणिज्य संघ बर्दिवासले लगाउनु पर्ने दावी गर्दै आईरहेको बेला नगरले हाम्रो माया घर नामक संस्थालाई सहमती दिएको थियो । यही विषयमा विवाद सिर्जना हुँदा महोत्सव नै सफल नहुने आशंका उत्पन्न भएको अवस्था देखिए पछि थियो।
घर निर्माणार्थ आर्थिक अभावमा समस्या झेलिरहेको हाम्रो माया घरलाई भने आधारभूत समस्या सावधानको लागि २० लाख दिने उनले प्रतिवद्वता जनाए ।
विवादका बीच व्यापारिक एकतामा समेत समस्या सिर्जना बनिरहेको वेला नगरप्रमुख क्षेत्रीले उधोग बाणिज्य संघका अध्यक्षले साझा भुमिका खेल्न नसकेको आरोप लगाएका छन् । अध्यक्षको संयोजनमा अभाव सिर्जना भएको जिकिर गर्दै आधा दर्जन संघ, संस्थाले महोत्सवको लागि दावी गरेपछि विवाद सावधान गर्न उधोग बाणिज्य संघ कै अध्यक्षलाई संयोजक वनाएको प्रमुख क्षेत्रीको भनाई छ ।
महोत्सवको विवाद दीर्घकालीन समाधानको लागि नगरप्रमुख क्षेत्रीले कानुन वनाउन सहयोग गर्न चेम्बर अफ कमर्स महोत्तरी र बर्दिवास उधोग बाणिज्य संघलाई आग्रह समेत गरे ।