
नुवाकोट - बाझो रहेको जमिनमा खेतीवाली गर्ने उद्देश्यले नुवाकोटको जुगेटारमा पहिलो पटक लिफ्ट पद्धतिको सिंचाई आयोजना सञ्चालन गरिएको छ । विदुर नगरपालिका –९ जुगेटारमा सिचाई योजनाले किसानलाई राहत पुगेको हो।
जुगेटारमा पहिलो लिफ्ट सिचाईं योजना कार्यान्वयन भएको विदुर नगरपालिकाले जनाएको छ । ‘एकीकृत नदी बेसिन सिचाईं तथा जलस्रोत व्यवस्थापन कार्यक्रम’अन्तर्गत डिप बोरिङ कार्य गरिएपछि किसानले अब सिचाईं समस्याबाट राहत पाएका छन्।
कार्यक्रमले सिचाई सुविधाको अभावले समस्या झेलिरहेका किसानको खेतीयोग्य उर्वर भूमिमा पानी पुर्याउने लक्ष्य राखेको छ ।
डिप बोरिङका लागि चालु आर्थिक वर्षभित्रै आवश्यक पाइपलाइन, सिचाई कुलो, रिर्जभ ट्याङ्की लगायतका पूर्वाधार निर्माण गरी किसानका खेतबारीसम्म पानी पुर्याउने लक्ष्य राखिएको छ।