महोत्तरी – रामगोपालपुर नगरपालिकामा पालिका स्तरीय एच.पि.भी खोप अभियान सम्बन्धी एक दिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ ।स्थानीय तह स्तरीय खोप समन्वय समितिको एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत अच्छेलाल दासले बताए ।
पाठेघरको मुखको क्यान्सर, पाठेघरको मुखको क्यान्सर रोग निवारण रणनीति एच.पि.भी.सेवा सञ्चालन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको हो ।पाठेघरको मुखको क्यान्सर महिलाहरूमा हुने क्यान्सर प्रमुख कारक हो । यस्तो जोखिम रोगलाई नियन्त्रण गर्नका लागि यो एच.पी.भी.खोप लगाउने अभियान सञ्चालन गरिने भएको छ ।

नगरपालिका भित्र रहेका सामुदायिक तथा निजि बिधालयमा अध्यनरत कक्षा ६ देखि १० कक्षा सम्मका किशोरीहरु तथा बिधालय नजाने किशोरीहरु लाई खोप लगाई अभियान कार्यक्रम सफल गर्न नगरपालिका नगर प्रमुख रामदुलार साहले आग्रह गरेका छन् ।नगरपालिकामा फाल्गुन २ गते देखि ७ गते सम्म खोप अभियान सञ्चालन हुँदैछ ।

नगरपालिकामा बिधालयमा अध्यनरत किशोरीहरू २ हजार १०० जना र बिधालय भन्दा बाहिर रहेका १० देखि १४ वर्षका किशोरीहरू करिब ६ सय गरि पालिका भरिमा करिब २ हजार ७ सय किशोरीहरुलाई खोप लगाईने भएको छ ।एचपीभी खोप अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रममा कार्यक्रमका उद्देश्य,खोप अभियानको लक्ष्य,उपलब्धि,र यस अभियानले किशोरीहरूको स्वास्थ्यमा पुर्याउने सकारात्मक प्रभावबारे जानकारी गराइएको थियो ।

एचपीभी खोप सम्बन्धि जनचेृतामुलक सन्देश,खोपको फाइदा,खोप लगाउनुको उदेश्य लगायतका कुराहरुमा प्रस्ट पारिएको थियो ।नगरपालिका नगर प्रमुख रामदुलार साहको अध्यक्षतामा सञ्चालन भएको एच.पि.भी खोप अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रममा नगर उपप्रमुख रिना देवी यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत अच्छेलाल दास, स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक विजय कुमार मण्डल सहित वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।

पालिका स्तरीय खोप समन्वय समितिलाई एच.पी.भी खोप अभियान सम्बन्धी एक दिने अभिमुखीकरण गोष्ठी सञ्चालन गरिएको नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत अच्छेलाल दासले बताए ।


