जनकपुर- जनकपुर साहित्य महोत्सवको सातौं संस्करण २०८२ माघ २२, २३ र २४ गते आयोजना हुने घोषणा गरिएको छ । महोत्सवका परिकल्पनाकार समेत रहेका प्रतिनिधि सभा सदस्य मनिष झाका अनुसार यो महोत्सवले साहित्य, संस्कृति र समाजको विभिन्न पाटा समेट्दै जनकपुरधामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै आएको छ ।
यसपटकको महोत्सवलाई पनि विशेष कार्यक्रमहरू, चर्चित व्यक्तित्वहरूको सहभागिता र साहित्यिक संवादद्वारा समृद्ध बनाउने हरसम्भव प्रयासहरू गरिएको थियो ।



महोत्सवको तयारीमा आर्थिक समस्या प्रमुख चुनौतिको रुपमा उभिएको उनले बताए । जनकपुर साहित्य महोत्सवले नेपाली साहित्य र संस्कृति प्रवद्र्धन गर्न ठूलो योगदान पुर्याउँदै आएको छ । तर, यसको दीर्घकालीन सफलताको लागि सरकारी सहयोग र वित्तीय स्पष्टता अपरिहार्य रहेको आयोजकको भनाइ छ ।




