
धनवीर महतो,महोत्तरी-देशकै जेठो गोठको रुपमा परिचित रहेको गौशालास्थित निगौल गाई गौशाला वर्तमान परिवेशमा असुरक्षित बन्दै गईरहेको भुमि व्यवस्था सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले बताएका छन् । शनिवार निगौल गाई गौशालाको अनुमगनपछि पत्रकारहरुसँग कुराकानीको क्रममा मन्त्री अधिकारीले राष्टिय सहकारी विकास वोर्डको मातहतमा रहि संचालनमा रहेको संस्था असुरक्षित हुनु दुखद रहेको धारणा राखेका छन् ।
मन्त्री अधिकारीले भने, ‘यहाँको जग्गा अतिक्रमित भईरहेको छ । गाईहरु असुरक्षित छन् । संस्थालाई रेखदेख गर्ने कोही पनि भएन् । संस्था नै अस्तव्यस्त भईसकेको छ । यसलाई नयाँ सोचका साथ संचालन गर्नुपर्ने जरुरी देखिन्छ ।
सरकारले अव चाँडै नै विधी बनाई यस संस्थालाई उपयुक्त हुने निकायलाई हस्तान्तरण गर्नुपर्ने मन्त्री अधिकारीले धारणा राखेका छन् । यस संस्थाको मातहतमा रहेको अतिक्रमित जग्गालाई समयमे लिनुपर्ने आवश्यकतमाथि मन्त्रीले जोड दिएका छन् ।’

गौशाला आएका मन्त्री अधिकारीले निगौल गाई गौशालाको अत्याधुनिक पूर्वाधारसहित निर्माण भएको गाई गोठ र वगानको निरीक्षण गरेका थिए । सो क्रममा मन्त्री अधिकारीले निगौल गाई गौशालाका कार्यालय प्रमुख वीरवहादुर चौधरीसँग कार्यालयको सम्बन्धमा चर्चा परिचर्चा सहित छलफल गरेका थिए ।मन्त्री अधिकारी आजै जिल्लाको मटिहानी, जलेश्वर र गौशालामा रहेका सार्वजानिक गुठीका जग्गाको अनु्गमन गरेका थिए ।