औरही – सिरहा नवराजपुरकी रिंकु सदा मृत्यु प्रकरणका दोषीहरुलाई पक्राउ गरि कार्वाहीको माग गर्दै महोत्तरीको औरही जनमत पार्टीले प्रदर्शन गरेको छ।
औरही नगरपालिकाको जनमत पार्टीका नगर कमिटिको आयोजनामा नगर अध्यक्ष देबेन्द्र साहको नेतृत्वमा औरही नगरपालिका वडानं १ औरही बजारमा प्रदर्शन गरिएको हो ।



प्रदर्शनकारिहरुले बर्दिवास-जलेश्वर सडक खण्डमा नारा जुलुश गर्दै गाउँ परिक्रमा गरि प्रहरी बिट अगाडी कोण सभा गरेका थिए।प्रदर्शनको क्रममा उनिहरुले बलात्कारी लाइ फाँसी दे , रिंकु सदायलाई न्याय दे , दलित माथिको दमन बन्दगर , प्रहरी प्रशासन मुर्दाबाद जस्ता चर्का नाराहरु लगाएका थिए ।
कोण सभामा केन्द्रिय कार्यकारणी सदस्य विरेन्द्र महत्तोले चेली बेटीहरु एकदमै असुरक्षती रहेकोले विभिन्न ठाउँमा बलात्कार गरेको घट्नाहरु भईरहेको तथा बचाउको लागि पंचहरुले मोलतोल गर्ने गरेको आरो लगाए। उनले यस्ता पञ्चायती गर्नेहरुलाई कार्वाही हुनुपर्ने माग गरे।
कार्यक्रमको अध्यक्षता गरेको नगर अध्यक्ष देवेन्द्र साहले त्यस्तो अपराधी लाई फाँसी को सजाय हुने व्यवस्था हुनुपर्ने बताए। उनले रिंकु सदाले न्याय नपाए सम्म आन्दोलन जारि रहने बताए।




