
बर्दिवास । रातु खोलाको उत्खनन मापदण्डअनुसार रहेको जिल्ला अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनलाल कर्णले बताएका छन् ।
उनले रातु खोलाको लगाइएको चार वटै प्याकेजको सामूहिक नाप जाँच गर्दा मापदण्ड अनुसार तीन फिटको परिधिमा रहेर उत्खनन गरेको पाइएको बताए ।
रातु खोला उत्खननकाे विषयलाई लिएर अहिले बर्दिवासमा व्यापक चर्चा चलेर विवाद उत्कर्षमा पुगेको बेला उत्खनन क्षेत्रको अनुगमन गरिएको हो ।
बर्दिबास नगर प्रमुख प्रह्लाद क्षेत्रीको सहभागितामा जिल्ला अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनलाल कर्ण ,अनुगमन समितिका सह–संयोजक तथा प्रजिअ लालबाबु कवाडी, सशस्त्र र नेपाल प्रहरीका एसपी पूर्णचन्द्र भट्ट र नकुल पोखरेल लगायतको टोलीले मंगलवार स्थलगत अनुगम तथा नाप जाँच गरेका हुन् ।
बर्दिबास नगरपालिकाले चालु आर्थिक वर्ष (०८१/०८२) का लागि रातु नदीकोे चार वटा प्याकेज करिब आठ करोड ४० लाख रुपियाँ ठेक्का गरेदेखि विरोध भइरहेको छ।
नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राममणि अधिकारीका अनुसार प्रतिवेदनअनुसार नदीका दुवै किनाराबाट ५०–५० मिटर छाडेर त्यसबिच तीन फिट गहिराइमा करिब दुई लाख ९४ हजार ६८१ घन मिटर उत्खननको ठेक्का लगाइएको हो।
चारवटै खण्डको माघ महिनामा ठेक्का सम्झौता भए यता रातु खोलामा मापदण्ड विपरित उत्खनन भइरहेको भनि व्यापक चर्चामा चलेको छ। चार वटै खण्डमा मापदण्डको पालना नगरिएको, तीन फिट बढी उत्खनन गरिएको र रातको समय पनि उत्खनन भएको भन्दै केही राजनीतिक दल र स्थानीयले विरोध गरेपछि उत्खनन क्षेत्रको अनुगमन गरिएको प्रजिअ लालबाबु कवाडीले बताए।
जिल्ला अनुगमन समितिको टोलीले मङ्गलबार करिब चार घण्टा अनुगमन गरेर उत्खननबारे बुझ्ने काम गरेको थियो।