
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आमसभालाई सम्बोधन गर्न महोत्तरी आउने भएका छन् ।
सभापति देउवाले शुक्रबार फागुन २३ गते महोत्तरी कांग्रेसले आयोजना गर्न लागेको आमसभालाई सम्बोधन गर्नेछन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति महोत्तरीले शुक्रबार दिउँसो १ बजे भोलहीमा विशाल आमसभाको आयोजना गरेको छ ।
आमसभाका लागि सम्पूर्ण तयारी गर्नुका साथै धेरैभन्दा धेरै कार्यकर्ता भोलहीमा उतार्ने महोत्तरी कांग्रेसले जनाएको छ । आमसभालाई सम्बोधनका लागि सभापति देउवाले महोत्तरी कांग्रेसलाई आश्वासन दिएका छन् ।
