
महोतरी - नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल प्रेस युनियन महोतरीमा प्रवेश गरेका पत्रकारहरुलाई फुलमाला लगाएर स्वगत गरेका छन् ।
महोतरीको बर्दिबासमा नेपाल प्रेस युनियनले आयोजना गरेको प्रवेश तथा स्वागत कार्यक्रममा सभापति देउवा र पार्टीका वरिष्ठ नेता बिमलेन्द्र निधिले फुलमाला लगाएर पत्रकारहरुलाई प्रेस युनियनमा स्वागत गरेका हुन ।
महोतरीमा क्रियाशिल पत्रकारहरु रिचा शर्मा, शुभद्र भुजेल, सरस्वती भुजेल, पवन कुमारी, वैभव चौधरी, दिपेन्द्र प्रसाद साह, रोशन मिश्र, कुश ठाकुर, निकेश खनाल, माधव प्रसाद पौडेल, सागर बस्नेत, अनुराग यादव युनियनमा प्रवेश गरेका छन् लगायका प्रेस युनियन प्रवेश गरेका हुन ।
नवप्रवेशी पत्रकारहरुलाई बधाई तथा शुभकामना दिदे नेपाली काग्रेसका सभापति देउवाले उज्वल भविष्यको कामना गरेका छन् ।