महोत्तरी – ११५औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मटिहानी नगरपालिकाको महिला बालवालिका तथा ज्येष्ठ नागरिक शाखाले बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
”सबै महिला तथा वालवालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण” भन्ने मूल नाराका साथ मटिहानी बस स्टेण्डबाट प्रारम्भ भएको र्याली मटिहानीको विभिन्न भागको परिक्रममा गरेका थिए । रयालीमा मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डल, जनप्रतिनिधिहरु लगायत महिलाहरु सहभागी रहेका थिए ।



त्यसै गरी शाखाले आजै राम मा.वि. मटिहानीमा आयोजित एक कार्यक्रममा १० जना शाहसी महिलाहरुलाई कदर-पत्र प्रदान गरी सम्मान समेत गरियो।सो सम्मान कार्यक्रममा बोल्नु हुँदै नगर प्रमुख मण्डलले देश विकासमा महिलाहरुको ठूलो भूमिका रहेकोले तीनै तहका सरकारले महिलाहरुलाई अगाडी बढाउनमा नितिगत किसिमले काम गर्नु पर्नेमा जोड़ दिनु भयो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, वड़ा अध्यक्ष कलीम अंसारी, मदन चौधरी,महिला बालवालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख दीपा दास,हिना खातूनले महिलाहरुको क्षमता र सामाजिक विकासमा सहभागी गराउनमा जोड़ दिनु भएको थियो ।
















