
जीवनराज दाहाल,बर्दिवास - गायक तथा संगीतकार रुद्रसेन विश्वकर्माले होली पर्वको अवसरमा नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । समीक्षा अधिकारीसँगको युगल स्वरमा रहेको यो गीत फागुन २२ गते रुद्रसेन क्रिएशनको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।
गीतमा आर्यन सिग्देल, बिना राउत र स्वयं रुद्रसेनको दमदार प्रस्तुति रहेको छ । नृत्य निर्देशन प्रदीप कुमार रसाइलीले गरेका छन् भने भिडियोलाई ओम प्रसाईले छायांकन, अमृत चापागाईंले सम्पादन तथा रंग संयोजन गरेका छन् ।

गायक रुद्रसेनले ओमकार टेलिभिजनको ‘पञ्चामृत’ कार्यक्रममा बोल्दै भने, "यो गीतले नेपालीहरूको होलीलाई अझै रमाइलो बनाउनेछ ।"
उक्त गीत रुद्रसेन क्रिएशन प्रा.लि. को आधिकारिक युट्युब च्यानलमा सार्वजनिक भइसकेको छ । साथसाथै स्पोटिफाइ, एप्पल म्युजिक, जिओसावन लगायतका डिजिटल प्लेटफर्महरूमा पनि गीत उपलब्ध छ ।