उदयपुरकी २३ बर्षकी सरिता केसी काठमाडौंको असनमा बिहान र बेलुका चिया बेच्छिन्, दिउँसो कलेज पढ्छिन् । उनी थर्मसमा दुध र कालो चिया हालेर कोठाबाट बेच्न निस्किन्छिन् । उनले यसरी चिया बेच्न थालेको १ बर्ष भयो । त्रिचन्द्र कलेमा पोलिटिकल साईन्समा व्याचलर गरिरहेकी सरिता चिया बेचेरै महिनाको साढे २ लाख हाराहारी ब्यापारर गर्छिन् भने १ लाख जोगाउँछिन् ।
आफ्नो भाई पढाउन र आफु पढ्न उनी राजधानीमा मेहेनत गरिरहेकी छिन् । काम सानो ठुलो हुदैन, मेहेनत गर्न लजाउन हुँदैन भन्ने बिचार बोकेकी सरिता धेरै युवाहरुका लागि प्रेरणा बनेकी छिन् ।
असन र त्यस वरीपरी उनलाई धेरैले ‘सुन्दरी चियावाली’ भनेर चिन्दछन् । चिया पिउनेहरुले उनको रुपमा धेरै प्रशँसा गर्दछन् । बृद्धबृद्धाले त उनलाई आफ्नो घरको बुहारी बन न भन्ने प्रस्ताव पनि राख्ने गरेको उनले बताईन् ।
४ बर्ष अगाडि काठमाडौं आएकी सरिता केहि बर्ष परिवारकै खर्चमा पढिन् । बिस्तारै उनको परिवारलाई उनी र उनको भाईलाई पढाउन गार्हो हुदै गएको सरिताले देखिन् । कृषक बाबु आमाको टाउकोबाट भाई र आफ्नो पढाईको बोझ हटाउन उनी चिया बेच्न थालिन् ।
त्यसअघि उनले असन घुम्दै जाँदा अरु चिया बेच्नेहरुलाई देखेकी थिइन् । बिदेश जानलाई बिदेशी भाषा कक्षा पनि लिईरहेकी सरिताले भाषा कक्षा छोडिन् र चिया बेच्न थालिन् । उनको चियालाई धेरैले मिठो मानेर खान्छन् । दिनमै ४०० कप चिया बेच्ने उनले सुरुको दिन भने ४ सय रुपैंया कमाएकी थिईन् ।
चिया बेच्ने क्रममा कतिले दुध चियालाई दुई अर्थ लगाएर आफुलाई नराम्रो हिसाबले जिस्काउने गरेको पनि उनले बताइन् । जे होस् उनले अहिले पछिल्लो समय युवाहरू पनि काम गर्न लाज मान्न हुदैन भन्ने उनले सन्देश दिएकी छन् ।
https://www.youtube.com/watch?v=qsKuzB5RNU0&t=746s