महोत्तरी – महोत्तरीमा आफ्नै श्रीमतीमाथि जबरजस्ती करणी गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्।
२२ वर्षीया महिलाले आफ्ना श्रीमानले इच्छाविपरीत पटक–पटक जबरजस्ती करणी गरेको आरोपसहित जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।



जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार आरोपितलाई बुधबार बिहान आफ्नै घरबाट पक्राउ गरिएको हो।
प्रहरीले उनलाई जिल्ला अदालत महोत्तरीबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।




