
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज जनकपुरधाम स्थित रामस्वरुप रामसागर बहुमूखी (राराव) क्याम्पसमा उम्मेदवारको मनोनयन दर्ता हुन सकेको छैन ।
बिहान ११ देखि २ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको थियो । विद्यार्थीहरुको आन्दोलनका कारण निर्वाचन प्रक्रिया बढन नसकेको राराव क्याम्पस प्रशासनले जनाएको छ । क्याम्पसमा डिजिटल कार्ड अनिवार्य लागु गरियोस, निर्माण भएको
फर्जिकार्ड तुरन्त बदर गरियोस, मास्टर डिग्री दोस्रो सेमेष्टरका विद्यार्थीहरुलाई मतदाता नामावलीमा समावेश गर्न व्यवस्था गरियोस तथा नाम दर्ताका लागि आवश्यक समय उपलब्ध गराइयोस,नामाकंन गर्ने समय आवश्यक अनुसार थप गरियोस र आइडी कार्ड बनाउने समय थप गर्न लगायतको माँग गर्दै विद्यार्थीहरु आन्दोलनमा ओर्लेको स्ववियूका वर्तमान सभापति मनिष यादवले जनाएका छन् । यादव भन्नुहुन्छ – विद्यार्थीको माँग सम्वोधन पछि मात्रै चुनाब हुन्छ ।