
महोत्तरी(औरही) - औरही नगरपालिकामा एउटै मंचबाट स्थानिय दलका नेता, कार्यकर्ताहरुले होलीको शुभकामना आदान प्रदान गरेका छन् । उक्त कार्यक्रममा नेपाली कांग्रेस,नेकपा एमाले र नेकपा माओवादी,लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लगायत पार्टीका नेता, कार्यकर्ताहरु सहभागी भएका थिए । बुधवार लोसपा नेपाल औरही नगरपालिकाको नगर समितिलेद्वारा “लोकतान्त्रिक समाजवादी पार्टी नेपाल औरही नगर कार्य समिति होलि पर्वको शुभकामना संदेश तथा शुभकामना आदान प्रदान ब्यानरमा आयोजित कार्यक्रम ब्यानरमा आयोजित कार्यक्रम” वडा २ फुलवरिया स्थित नगर प्रमुख प्रदिप कुमार खड्का को घरमा भव्य रुपमा मनाइएको हो ।

पात्रो अनुसार पहाडमा बिहिवार र तराईमा शुक्रवार होली पर्व मनाइने भएपनि होली पर्वको पूर्वसन्ध्यामा आजै नगर भित्र रहेका नेता र कार्यकर्ताहरुले होली पर्व मनाएका हुन् । होली कार्यक्रमको अध्यक्षतालोसपा नेपालका नगर समितिका सभापति दरेश यादव, प्रमुख अथिति औरही नगरपालिका नगर प्रमुख प्रदिप खड्का, बिशिस्ठ आथिति उप प्रमुख रेणु झा,लोसपाका वडा अध्यक्षहरु लगायत विभिन्न पार्टीका नेता कार्यकर्ताहरु, ब्यापारिवर्ग र स्थानीय युवा वर्ग सहितको सहभागिता रहेको थियो।

सभ्य रुपमा होली पर्व मनाउन नगरप्रमुखको आग्रह औरही नगरपालिका नगर प्रमुख प्रदिप खड्काले होली पर्वमा कुनै किसिमको हुल हुज्जत एवं अप्रिय कार्यहरु नगरी सभ्य रुपमा होली पर्व मनाई यसको गरिमालाई कायम गर्न तथा नशा रहित होली मनाउन समस्त नगरवासी संग आग्रह गरेका छन्। लोसपा नेपालका नगर समितिका सभापति दरेश यादवले होली पर्व आशुरी शक्तिलाई दैवी शक्तिले परास्त गरेर विश्वासको आधारलाई डगमगाउन नदिई जनजनको विश्वासलाई आदिकाल देखि नै चलिरहेको होली पर्वमा दशमन पनि दोस्त बनेर एक आपसमा अविर रंग खेलेर मनाउने चलन रहेको हुँदा औरही नगरपालिकाबासीहरु लाई सभ्य रुपमा होली पर्व मनाएर देखउनुपर्ने अवसरको रुपमा रहेको बताए ।

समाजमा रहेका नकारात्मक पक्षलाई होलिका दहन संगै सवै राग द्वेष र वैमनष्यता को अत्य होस भने कामना गर्दै २०८१ सालको होली पर्वको शुभकामना दिएका थिए । कार्यक्रममा उपस्थित भएका सबै नेताहरुले होली पर्वको शुभकामना आदान प्रदान गरेका थिए। समारोहमा एक–आपसमा रंगहरु दलेर उत्सव मनाइएको थियो भने बाजागाजा सहित हाेली गीत पनि गाइएको थियो ।













