
जनकपुरधाम - जनकपुरमा होली खेल्ने क्रममा छुरी प्रहारबाट एक युवकको मृत्यु भएको छ।
जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीमा छुरी प्रहारबाट स्थानीय पप्पु यादवका छोरा १९ वर्षीय आँशु यादवको मृत्यु भएको हो।
आँशुमाथि छुरी प्रहार गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुणकुमार सिंहले छुरी हान्ने धर्मेन्द्रलाई पक्राउ गरिएको जानकारी दिए।