
सुजाता राई
विराटनगर । खोटाङ सामाजिक सेवा मञ्चको आयोजनामा आज एक भव्य कार्यक्रमबिच रचना वाचन तथा सम्मान कार्यक्रम सम्पन्न भयो। खोटाङ सामाजिक सेवा मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा बरिष्ट साहित्यकार बलराम पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा साहित्यकार भूषण ढुङ्गेल, कविराज न्यौपानेसमेतले शुभकामना व्यक्त गरे।

यस कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानको आयोजनामा गतविगतमा सञ्चालित कविता महोत्सवमा पुरस्कार प्राप्त महानुभावहरुमध्ये इटहरि निवासी टिका आत्रेय तथा इनरुवा निवासी कृपाकरुणा पोखरेल दुई जना कविहरुले कविता वाचन गरेका थिए ।

सहभागी बाबुराम पोखरेल, यल.पि. पराजुली, केसु विरही, नवराज नवशिला, उमेश लुइटेल, प्रयाग न्यौपाने, शम्भुप्रसाद भट्टराई, मिना श्रेष्ठ, सवि लक्ष्मी स्मृति, शान्ता पैडेल, जयन्त प्रधानाङ्ग, भरत वर्वरिक, मञ्जु घिमिरे दाहाल, सुजाता राई, स्वयम्भुनाथ कार्की लगायत चार दर्जन साहित्यकारहरुले आ-आफ्ना रचना वाचन सुनाए ।

खोटाङ सामाजिक सेवा मञ्चले गतविगतदेखि नै अग्रज साहित्यकारहरुलाई सम्मान गर्दै आएकोले यसै क्रममा आज अग्रज साहित्यकार डा. सुशीला कोइराला भण्डारीलाई घरैमा गएर सम्मान गरेको छ ।
यस कार्यक्रममा लक्ष्मी रायमाझी खड्काले स्वागत मन्तव्य गरिन्न भने लक्ष्मी पोखरेलले कार्यक्रम सञ्चालन गरेकी थिइन्न।