
जनकपुरधाम- धनुषा प्रहरीले भारी मात्रामा प्रतिबन्धित लागूऔषधसहित जनकपुरधामबाट दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका वडा नं. २ बस्ने ४० वर्षीय रंजित कुमार मण्डल र सोही ठाउँ बस्ने ३४ वर्षीय सुर्यनाथ झा रहेका छन् ।
निर्वाचन लक्षित विशेष सुरक्षा योजना अनुरूप गोप्य सुचनाको आधारमा बिहीबार साँझ साढे ७ बजे स्थानीय रामानन्द चोकबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
पक्राउ परेका उनीहरूको साथबाट NITROVET-10 ३० पत्ता ३० को दरले ९०० ट्यावलेट, NITROSUN-10 १५ पत्ता २० को दरले ३०० ट्यावलेट गरि जम्मा १२०० ट्यावलेट र EXIPLON 100ml को ५० वटा बोतल भएको प्रतिबन्धित लागूऔषध बरामद भएको उनले बताए ।
भारतिय नम्बर प्लेटको मोटरसाइकलमा सवार भई लिएर आइरहेको अवस्थामा लागूऔषधसहित दुबैजनालाई पक्राउ गरिएको डीएसपी क्षेत्रीले जानकारी दिए ।
पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ