
जनकपुर - आज एसईई परीक्षा अन्तर्गत पहिलो दिन सुरु भएको अँग्रेजी विषयको प्रश्नपत्र परीक्षाको २० मिनेटमै आउट भएको छ ।
अँग्रेजी विषयको परीक्षा हलमा एक विद्यार्थीले मोबाईल मार्फत सो प्रश्नपत्र आउट गरेको पाईएको छ । प्राप्त गरेको प्रश्नपत्रमा एमपी लेखिएको छ ।
लेखिएको प्रश्नपत्र मधेश प्रदेशको रहेको छ । यद्यपी, कुन परीक्षा केन्द्रबाट आउट भएको भनेर खुलेको छैनन् ।