
महोत्तरी- बर्दिवास नगरपालिका १० खैरमारा स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय दमारका संस्थापक प्रधानाध्यापक बासुदेव अधिकारीलाई सम्मान गरिएको छ।
विद्यालयको ३७ औ वार्षिकोत्सवको अवसरमा अवकास प्राप्त प्रअ अधिकारीलाई सम्मान गरिएको वर्तमान प्रअ हरिदेव महतोले बताए ।
वर्तमान अवस्थामा समेत विकट नै मानिएको खैरमारामा अधिकारीले ३७ वर्ष अघि विद्यालय स्थापनाको लागि गर्नुभएको योगदान उल्लेखनिय रहेकोले उहाँलाई सम्मान गरिएको प्रम महतोले बताए ।
अधिकारीले प्राथमिक स्तरको स्थापना गरेको विद्यालय यसै वर्ष देखि मावि भएको र अहिले चल्दै गरेको एसइइ परीक्षामा पहिलो ब्याचमा ७छात्र र ६ छात्रा गरी १३ जना परीक्षार्थीले सहभागीता जनाएको प्रअ महतोले बताए ।
सो अवसरमा एसइइका प्रथम ब्याचका विद्यार्थीहरुलाई पूर्व प्रअ अधिकारीले फुल माला र अविर लगाएर सफलताको शुभकामना दिएका थिए ।
यस विद्यालयलाई मावि बनाउनको लागि निवर्तमान प्रअ भूमिका श्रेष्ठले आफ्नो स्तरबाट प्रयास गरेकी र उनको योगदानबाट मावि बन्न सफल भएको विद्यालय प्रशासनले जनाए ।