
महाेत्तरी - जनता समाजवादी पार्टी नेपालकाे साेनमा गाउँपालिकाकाे प्रथम गाउँपालिका अधिबेशन कार्यक्रम साेनमा वडा १ मा सम्पन्न भएको छ। महाेत्तरी क्षेत्र नम्बर ४का पुर्व सांदस एवम संघीय सरकारकाे पूर्व स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री रहेका डा सुरेन्द्र कुमार यादवको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न गरिएकाे छ ।

बैठकमा बोल्दै पूर्व मन्त्री यादवले संगठन निर्माणमा सबै तहका नेताहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै सम्पूर्ण सदस्यहरूलाई सक्रिय भएर लाग्न आह्वान गरे। साेनमा गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष राज कुमार यादवले अधिवेशनकाे वर्तमान अवस्थालाई सकारात्मक ठहर गर्दै कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउन निर्देशन दिए।
साेनमा गाउँपालिकामा जनता समाजवादी नेपालकाे

गाउँपालिका अध्यक्ष अशाेक कुमार यादवकाे अध्यक्षतामा २९नयाँ सदस्यीय समिती गठन भएको छ।जसको उपाध्यक्षमा राकेश कुमार यादव, उपाध्याय,महिला सीता देवी साह,सचिवमा महेश प्रसाद यादव,स सचिवमा गन्धिर कुमार यादव, उप सचिव महिला मिणा देवि पटेल काेषा ध्यक्षमा श्री राम ज्ञान यादव लगायतका अन्य पदाधिकारीहरु रहेका छन ।कार्यक्रममा जनता समाजवादी पार्टीका महाेतरी जिल्ला
अध्यक्ष राम प्रगास यादव,पूर्व जिल्ला अध्यक्ष राम नरेश यादव लगायत हजाराै स्थानिय नेता तथा कार्यकर्ताहरुकाे उपस्थित रहेका थिए ।
