
महोत्तरी - महोत्तरीको सम्सी गाउँपालिका वडा नम्बर ४ भेटपुरमा ३० लाखको लागतमा एक योजनाको शिलान्यास गरिएको छ । सम्सी गाउँपालिका वडा नम्बर ४काे वडा स्तरीय लगानिमा सडक ढलानको शिलान्यास गरिएको हो ।

महाेतरी क्षेत्र नम्बर ४काे पूर्व सांसद एवम स्वास्थ तथा जनसंख्या राज्य मन्त्री डा सुरेन्द्र कुमार यादव,महाेतरी क्षेत्र नम्बर ४ख काे प्रदेश साभा सदस्य सराेज सिंह कुश्वाहा ,सम्सी गाउँपालिकाकाे अध्यक्ष राम नाथ यादव,उपा ध्यक्ष अनिता यादव,वडा नम्बर ४काे वडा अध्यक्ष राजिव कुमार यादवले संयुत रुपमा शिलान्यास गरेका हुन् ।

बाटाे जिर्ण अवस्थमा रहेकाे बार्है महिना आवत जावत गर्न समस्या हुदैआएको कार्यक्रममा उपस्थित डा सुरेन्द्र कुमार यादवले बताउनु भयाे । सडक ढलान पश्चात यस वडा लगायत बाटाे भएर हिडने जनताहरुलाइ सहज हुने जनाएको छ । बिगत देखि याे वडामा बिकास हुन न सकेकाले यस वडालाइ प्राथमिकतामा राखी विकासका कामहरु अगाडि बढाएको सांसद सराेज सिंह कुश्वाहाले बताउनुभयो । सम्सी गाउँपालिकाकाे गाउँपालिका अध्यक्ष राम नाथ यादवले भन्ने आफूले आफ्नो गाउँपालिकाबाट यस वडा सहित सम्सी गाउँपालिकामा विकासका लागि शिक्षा, स्वास्थ्य, सिचाइ र भौतिक पुर्वधारमा बजेट पठाएर सहयोग गरेको उहाँको भनाइ छ ।
प्रदेश सभा सदस्य सराेज सिंह कुश्वाहाले यस वडा लगायत यस पालिकामा स्वास्थ्य चौकिको भवन निर्माण,समुदायिक भवन निर्माण ,सडक ढलान लगायत दर्जनाै याेजना राखेर काम गरिरहेकाे र कति काम भइसकेकाे बताउनुभयो । आउँदो आर्थिक वर्षमा यस भन्दा धेरै याेजना राखि विभिन्न याेजना निर्माण गराउने प्रतिबद्ध गर्नुहुँदै उहाँले यस पालिकालाइ विराटकिल्ला बनाउन आफूले गरेको घोषणा कार्यान्वयनमा अगाडि बढाएको सुनाउनुभयो ।
