
धनुषा । धनुषाको लालगढ स्थित खानेपानी आयोजनाकाे कार्यालयमा आगलागी भएको छ।
धनुषाको मिथिला नगरपालिका–१०, लालगढस्थित धनौजी खानेपानी आयोजना कार्यालय परिसरमा आइतबार बिहान आगलागी भएको हो ।
मिथिला नगरपालिका– १०, का वडाध्यक्ष सविनबिक्रम थापाले बिहान करिब ९ बजे नजिकै रहेको वन क्षेत्र लागेको डढेलोबाट फैलिएको आगोले कार्यालय परिसरमा आगलागी भएको बताउनुभयाे ।
उहाँले आगलागीका कारण कार्यालयमा सञ्चित गरि राखिएको पाइप तथा अन्य सामग्री जलेर नष्ट भएको जनाउनुभयो ।
वडा अध्यक्ष थापाका अनुसार करिब ३० लाख रुपियाँ बराबरको क्षति छ।
उहाँले खानेपानी समितिका पदाधिकारी क्षतिको विस्तृत विवरण सङ्कलनमा जुटेका बताउनुभयाे । खानेपानी कार्यालय परिसरमा लागेको आगो सुरक्षाकर्मीले दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
लालगढ प्रहरी चौकीले आगलागीको कारण, क्षतिको विस्तृत मूल्यङ्कन गर्न थप अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ ।