
धनुषा | नेपाल राम समाज केन्द्रीय समितिको आयोजनामा मधेस प्रदेश स्तरीय भेला तथा संगठन बिस्तारित बैठकबाट प्रदेश अध्यक्षमा राम सिरिठ महरालाई चयन गरिएको छ |
नेपाल राम समाज केन्द्रीय समितिको आयोजनामा मधेस प्रदेश स्तरीय भेला तथा संगठन बिस्तार कार्यक्रम चैत्र २२ र २३ गते धनुषाधाम नगरपालिका वार्ड नम्बर २ मंगलपुर राम टोलमा सम्पन्न भएको छ। उक्त भेलाबाट प्रदेश स्तरीय तदर्थ समितीमा २५ सदस्य रहनेगरी भेला बाट पारित भएको छ ।

संयोजकमा राम सिरीठ महरा धनुषा, सचिव: अरुण कुमार महरा धनुषा, सदस्यहरू: किसुनदेव राम सप्तरी, राम सुन्दर राम सप्तरि, निर्मला देबी महरा सिरहा, जिबेनद्रर राम सिरहा,नन्द लाल राम सिरहा, कोशिका देबी महरा धनुषा, महेश महरा धनुषा, राजकुमार महरा धनुषा, शत्रुधन महरा धनुषा, हरीदेव महरा महोत्तरी,नन्दु महरा महोत्तरी,जितेन्द्र कुमार राम महोत्तरी,रामनरेश राम सर्लाही,कपिलदेव राम सर्लाही,निर्मला देबी राम सर्लाही,सिताराम राम बाँकी रहेका जिल्लासँग छलफल गरेर नाम थपिने छ। उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल राम समाजको केन्द्रीय अध्यक्ष प्रथम लाल राम, बिशिष्ट अतिथि केन्द्रीय उपाध्यक्ष शिवजी राम, केन्द्रीय कोषाध्यक्ष बेली देबी राम, त्रिपीट महरा, शत्रुधन महरा, रामसोगारथ महरा, पुर्व वार्ड अध्यक्ष बहादुर महरा, रामप्रताप महरा, संचालन नेपाल राम समाजको संगठन बिभाग प्रमुख रुन्दी लाल रामले गर्नु भयो। चमार समुदायको हक हित लागि राम समाज गठन गरि जनचेतनाका अभियान संचालन गरेको छ |

नेपाल रहेका करिब ४ लाख चमार समुदायको आर्थिक, सामाजिक, संस्कृतिक, राजनीतिक, र शैक्षिक रुपमा पछाडी परेकोले समाजको उत्थानको निम्ति पालिका तथा जिल्ला स्तर सम्म संगठन विस्तार गरिने राम समाजको प्रदेश अधयक्ष राम सिरिठ महराले बताएका छन् |

समग्र दलित समुदायको हक अधिकारको लागि राम समाज राज्यसँग लड्ने अध्यक्ष महराले बताएका छन् | खास गरि सामाजिक न्यायको र समानताको लागि अब बुलन्द आबाज गरिने राम समाजका केन्द्रिय अधयक्ष प्रथमलाल रामले बताएका हुन् | दुइ दिन सम्म चलेको प्रशिक्षण कार्यक्रम मा चमार समुदायको अगुवा नेतृत्वहरुले सम्बोधन गरेको थिए |