
महोत्तरी - महोत्तरीको गौशालामा उपचारको क्रममा बालकको मृत्यु भएपछि स्थानीयहरुले अस्पतालमा तोडफोड गरेका छन् ।
आइतबार साँझ गौशाला नगरपालिका वडा नं. ५ बजार स्थित रहेको ए एण्ड बि अपोलो हस्पिटलमा स्थानीयबासीले तोडफोड गरेका हुन् ।
औरही नगरपालिका वडा नं. २ फुलबरिया बस्ने मोहम्मद शेष नसिमका ६ वर्षीय छोरा खेल्ने क्रममा लडेर चोटपटक लागेपछि उक्त हस्पिटलमा उपचारको लागि भर्ना गराएका थिए । घाइते बालकलाई बिहान ९ बजे उपचारको लागि भर्ना गरिएको थियो र उनको उपचारको क्रममा साझ ५ बजे मृत्यु भएको चिकित्सकले घोषणा गरेको परिवनजनको भनाई छ । हस्पिटलका डाक्टर बिमल महतोको लापरबाहीले बच्चाको मृत्यु भएको बुबा मोहम्मद शेष नसिमले आरोप लगाएका छन् ।

बालकको मृत्यु पछि परिवारजन तथा स्थानीयहरुको आक्रोसित भिडले हस्पिटलमा तोडफोड गर्नुका साथै चिकित्सक बिमल महतोमाथि कुटपिट समेत गरेको जनाईएको छ ।
अस्पतालमा विवाद तथा झैझगडा भएपछि प्रहरी पुगेर स्थितीलाई साम्य पारेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।
