काठमाडौं- प्रतिनिधिसभाको उपसभामुख पदमा गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसकी पुष्पा भुसाल चयन भएकी छन्।
शुक्रबार भएको निर्वाचनमा प्रतिस्पर्धी नेकपा (एमाले) की विद्या भट्टराईलाई पराजित गर्दै उपसभामुखमा भुसाल चयन भएकी हुन्।
उनको पक्षमा १४८ मत पर्यो भने विपक्षमा ९३ मत खस्याे। संसद्मा २४२ उपस्थित थिए।



भुसाललाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा बहुमत सांसादको समर्थन भएपछि विद्या भट्टराईको प्रस्ताव भने निर्णयार्थ प्रस्तुत नै गर्नु परेन।




