
काठमाडौं- नेपाल ल क्याम्पसमा बैशाख ८ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा महोत्तरीका अमित ठाकुरले सदस्य पदमा उम्मेदवारी दिएका छन् । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको भातृसंगठन लोकतान्त्रिक विधार्थी संघका तर्फबाट प्रत्यक्षतर्फ सदस्य पदमा एकल उम्मेदवारी दिएका हुन् । ठाकुर सोहि क्याम्पसको बिए.एल.एल.बि तर्फ पहिलो वर्षमा अध्ययनरत छात्र हुन्। विधार्थी राजनिति पृष्ठभूमिबाट सानै देखि होमिएका ठाकुर साहसिक सोच, भिजन लिएर चुनावी मैदानमा उत्रिएका छन्।

उनले जारी गरेको घोषणापत्रमा साइबर लाइब्रेरी, निशुल्क Wi-Fi, सफा खानेपानी र सुरक्षित शौचालयको व्यवस्था जस्ता प्रतिबद्धता व्यक्त गरेका छन्। "क्याम्पसमा लामो समयदेखि देखिएको प्रशासनिक लापरवाही, कक्षा अनियमितता, पुस्तकालयको न्यून उपयोग, तथा भौतिक संरचनाको अभावजस्ता समस्याहरूको समाधान गर्ने,छात्रवृत्ति वितरणमा पारदर्शिता ल्याउने, आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि सहुलियत र सहकार्य कार्यक्रम ल्याउने योजना समावेश गरेका छन्। साथै विद्यार्थीहरूको आवाजलाई संस्थागत रूपमा अगाडि ल्याउने, क्याम्पसमा नीति निर्माण प्रक्रियामा विद्यार्थीको सहभागिता बढाउने र कुनै पनि प्रकारको भेदभाव, दमन तथा अन्यायको विरोध गर्ने कुराहरु घोषणपत्र मा समावेश गरेका छन्।

त्यस्तै, महिला विद्यार्थीहरूको सुरक्षा र सम्मानजनक उपस्थितिका लागि विशेष पहल गर्ने,लैङ्गिक समानता, समावेशीता र सामाजिक न्यायका पक्षमा सशक्त भएर नेतृत्व गर्ने बाचा गरेका छन्। प्रत्यक्ष तर्फ सदस्य पदमा एकल उमेद्धवारी दिएका उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल का भातृसंगठन युवा संघ का केन्द्रिय सदस्य समेत रहेका छन्। उनी जनकपुरधाम उपमहानगरपालिकाको युवा संघको नगर अध्यक्ष समेत रहेर दुई वर्षे कार्यकाल बिताएको अनुभव उनी सँग छ । समावेशी र न्यायपुर्ण विद्यार्थी राजनीति निर्माणका लागि आफुलाई मतदान गरिदिन नेपाल ल क्याम्पसमा अध्ययनरत् सबै विधार्थीहरुलाई ठाकुरले अनुरोध गरेका छन्।