
सुजाता राई
विराटनगर । खोटाङ सामाजिक सेवा मञ्चले नयाँ वर्षाको शुभकामना आदानप्रदान तथा रचनावाचन विराटनगरमा वैशाख ५ गते शनिबार सोही भवनमा कृष्णप्रसाद भण्डारी मर्सेलीको अध्यक्षतामा वरिष्ठ साहित्यकार कविराज न्यौपानेको प्रमुख अतिथ्यतामा सम्पन्न भयो।
विशिष्ट अतिथिहरू-बलराम पोखरेल, डा.देवीपन्थी, मधु पोख्रेल, दिनेशराज सुवेदी, अतिथिहरू रामबाबु दाहाल, गोविन्द ढुङ्गाना, गोपाल निर्विक, हरि कट्टेल,भीम कोइराला, उमेश लुइटेल, प्रायग न्यौपाने, नवराज नवशिला, प्रिन्स प्रमोद ढकल, लगायत साहित्यकारहरूको बाक्लो सङ्ख्यामा उपस्थिति थियो।

कार्यक्रममा स्वागत मन्तव्य बाबुराम पोखरेलले गरे भने उद्घोषण लक्ष्मी पोखरेलले गरेकी थिई। बाँकी तीन दर्जन बढी कविहरूले विभिन्न विधामा रचनावाचन सुनाए।

