
फ्लोरेन्स एकेडेमीले १३औ वार्षिकोत्सवको अवसरमा ४७ विद्यार्थीहरुलाई दिक्षित गरेको छ ।
वुधवार शैक्षिक खुडकिलोको पारम्भ गरेका ४७ विद्यार्थीलाई दीक्षित र परिक्षामा उत्कृष्ट नतिजा ल्याउनेहरुलाई पुरस्कृत गरिएको विद्यालयले जनाएको छ ।
कक्षा-८ उतिर्ण गरेर माध्यामिक तहमा प्रवेश गरेका ११ विद्यार्थीहरुलाई समेत प्रोत्साहनस्वरूप सम्मान गरिएको संस्थापक प्रधानाध्यापक सन्तोष वानियाले जानकारी दिए ।
‘जनप्रतिनिधि सहितको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट प्रतिभा देखाउने प्रथम, द्वितीय र तृतीयहरुलाई सम्मान गरिएको थियो ।’ प्रधानध्यापक बानियाले भने ।‘अभिभावक, जनप्रतिनिधिहरुको उपस्थितिले हामीलाई थप उत्साहित वनाएको छ ।’
उक्त कार्यक्रममा प्राधानाध्यापक सन्तोष बानियाले बार्षिक प्रगति प्रतिवेदन पेश गर्दै आगामी बर्षको रणनीतिको विषयमा समेत प्रकाश पारेका थिए ।