
सरकारको आउँदाे आर्थिक वर्ष २०८२/८३ काे नीति तथा कार्यक्रम सार्वजनिक भएकाे छ । राष्ट्रपति रामचन्द्र पाैडेलले आज सङ्घीय संसद्काे संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे हाे ।
नीति तथा कार्यक्रममा संविधानकाे समीक्षा गर्ने, सहमतिका आधारमा संशाेधनकाे प्रक्रिया अघि बढाउने उल्लेख छ । यस्तै सरकारले स्वास्थ्य क्षेत्रमा आउने सबै सहायता र सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने भएको छ ।
नीति तथा कार्यक्रममा विद्यालय शिक्षामा देखिएका चुनौतीहरू समाधान गर्न नीतिगत तथा कानूनी व्यवस्था गर्ने उल्लेख छ । यस्तै सरकारले भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गर्ने भएकाे छ ।
नीति तथा कार्यक्रममा निर्वाहमुखी कृषिलाई आधुनिकीकरण र व्यावसायिक बनाइने उल्लेख छ । यस्तै सरकारले ‘जेन जी’ पुस्तालाई लक्षित गरी स्टार्टअप कार्यक्रम शुरू गर्ने भएकाे छ ।