
विराटनगर । विराट साहित्य सङ्गम विराटनगरकाे आयाेजनामा मिति: २०८२ बैशाख २१ गते देखि २७ गतेसम्म जारी पर्यटन प्रबर्द्धनकाे लागि साहित्यिक अभियान-२०८२, हिजाे २१ गते धरान वार्ड नं. १३ बाट उद्घाटन भयो। उद्घाटन पछि श्रम संस्कृति पार्क अवलोकन गर्दै भ्रमण सहिद भुमि पुगेको हो।सहिदहरूको योगदान तथा सहिदभुमिको ऐतिहासिकता त्यस गा•पा प्रमुख मनोज राईबाट ग्रहण गरेपछि हिले पुगेर यो दिनको अवलोकन भ्रमण समापन भएको कुरा टोलीका संयोजक जीवन काफ्लेले बताउनु भयो।
गोपाल निर्भिक,जीवन काफ्ले, भीम कोइराला,भवानी पोखरेल,कविता केशरी, प्रिन्स प्रमोद ढकाल, बाबुराम पोखरेल दिनेश श्रेष्ठ जमुना पौड्याल पुष्पा सायरा,मिश्र बैजन्ती, शम्भु भट्टराई, लक्ष्मी रायमाझी खड्का, खेम नेपाली,पुनम महरा, शिवनारायण सिंगल,रुद्र नेपाली, रुद्र सुवेदी र सुजाता राई गरि जम्मा १९ जनाको टोलि यस पर्यटन प्रबर्द्धनका लागि साहित्यिक अभियानकाे क्रममा यात्रारत छन् ।