
महोत्तरी- महोत्तरी जिल्लाको बलवा नगरपालिका वडा नं. ९ स्थित ऐतिहासिक धुर्वकुण्डको मर्मत तथा सौन्दर्यकरण कार्यक्रमको शिलान्यास एक विशेष समारोहका बीच सम्पन्न गरिएको छ।
शिलान्यास कार्यक्रम लोसपा नेपालको संसदीय दलका नेता तथा प्रदेश सभा सदस्य जय नुल राईन, बलवा नगरपालिकाका प्रमुख रामविजय महतो, वडा नं. ९ का वडा अध्यक्ष सनाउला शेख, लोसपा नेपाल बलवा नगरपालिकाका सभापति रामनिवास यादव, लोसपा नेपालका केन्द्रीय सदस्य जिवक्ष साह तथा वडा नं. १० का लोसपा नेता तथा प्रत्याशी रामेश्वर मण्डलको संयुक्त उपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रममा लोसपा पार्टीका विभिन्न तहका नेताहरूको समेत उपस्थिति रहेको थियो।
उनीहरूले ऐतिहासिक र धार्मिक महत्व बोकेको धुर्वकुण्डको संरक्षण, मर्मत तथा सौन्दर्यकरणमार्फत यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। शिलान्यास समारोहको क्रममा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता देखिएको थियो।