सुजाता राई
विराट साहित्य सङ्गम साहित्यिक अभियान अन्तर्गत मिति २०८२/०१/२५ गते बेलुकी ओखलढुंगाको सिद्धीचरण पार्कमा सोही साहित्यकारहरुले पर्यटन प्रबर्द्धन टोलिलाई स्वागत गर्दै अन्तरक्रिया तथा काव्य गाेष्ठी राखेका थिए ।
स्मृति गुठीका अध्यक्ष ध्रुब कुमार राजभन्डारीकाे अध्यक्षतामा भएकाे उक्त कार्यक्रममा प्रमुख अतिथि प्राज्ञा खेम नेपालीको थियो भने वरिष्ठ साहित्यकार मीश्र बैजयन्तीले कार्यक्रमकाे उदेश्य माथी प्रकाश परेकी थिइन।

विशिष्ट अतिथि = पुर्व नगर प्रमुख “मोहन श्रेष्ठ” थिए। भ्रमण टोलीमा विराटनगर साहित्य सङ्गमका उपाध्यक्ष जीवन काफ्ले, सचिव गोपाल निर्भीक, कोषाध्यक्ष भिम कोइराला,बुद्धिजीवी दिनेश श्रेष्ठ,प्राज्ञ खेम नेपाली,मिश्र बैजयन्ती,शिवनारायण सिंगल,िप्रन्स प्रमोद ढकाल, बाबुराम पोखरेल,रुद्र सुवेदी,शम्भु प्रसाद पोखरेल,रामबाबु दाहाल,भवानी पोखरेल, कविता केशरी,लक्ष्मी रायमाझी,पुष्प सायरा,सुजाता राई,जमुना पौडेल,पुनम महरा जम्मा १९ जनाको सहभागिता थियो।

त्यस ठाउँको अवलोकन गर्दा विभिन्न जातजाजातीले ओखलढुंगा सिद्धिचरण श्रेष्ठको जन्म स्थल मानेपनि संस्थालाई संरक्षण गर्ने निरन्तरता दिने अगुवाई चाहिँ नेवार समुदायमा देखियो ।


