
जनकपुरधाम-जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धीका आशु यादवको हत्यापछि शोकमा डुबेको उनको परिवारलाई श्री हरि मानव कल्याण मञ्चले आर्थिक सहयोग गरेको छ।
पिता गुमाएको केही महिनामा एकल छोरा आशु यादवको विभत्स हत्या भएपछि पीडामा परेका आमालाई मञ्चले एकमुष्ट २१ हजार ५ सय ५ रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको हो ।
मञ्चका अध्यक्ष दीपक श्रेष्ठ मण्डलले मृतकको आमालाई सहयोग हस्तान्तरण गर्दै संस्थाले सहानुभूति प्रकट गरेको र पीडामा साथ रहेको सन्देश दिन चाहेको बताए ।
मञ्चका प्रतिनिधिहरूले पीडित परिवारलाई आगामी दिनमा पनि आवश्यक परे थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । साथै, संस्थाले सहयोग उपलब्ध गराउन हातेमालो गर्ने सबै सहयोगी मनहरूप्रति आभार व्यक्त गरेको छ।