जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार गठन हुने बताएका छन् । पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा सांसद र नेता कार्यक्रताहरु संगको छुट्टाछुट्टै भेटघाट कार्यक्रम बेला देउवाले पत्रकारहरु संगको संक्षिप्त कुराकानीमा आलोपालो हुने भएकाले सहमित अनुसार छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताए ।
आलोपालोको कुरा त हो अव छिट्टै त्यस विषयमा कुराकानी हुन्छ अनि बन्छ, उनले भने । पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल उपर अख्तियारले दायर गरेको मुद्दा विषयमा पटक्कै बोल्न नचाहेका उनी प्रश्न सोध्ना साथ विच्किएका छन् । प्रश्न गर्नासाथ उनका सचिवालयका सदस्यहरु अव सकाउँ भन्दै कार्यक्रम अगाडि बढाइएको थियो ।
सो अवसरमा नेताहरु विमलेन्द्र नीधि, कृष्ण प्रसाद सिटौला, महेन्द्र यादव, मधेश सभापति कृष्ण यादव सहितक उपस्थिती थियो ।
विहिवार धनुषा आएका पुर्वप्रधानमन्त्री समेत रहेका देउवाले नेपाली कांग्रेसका स्व. नेता ठाकुर प्रसाद ढुङ्गाना (नेता तथा राष्ट्रियसभा सदस्य आनन्द प्रसाद ढुङ्गानाका पिता) को ६२ औं स्मृतिसभा, शालिक अनावरण र उनको बारेमा लेखिएको पुस्तक विमोचन कार्यक्रममा धनुषाधाममा सहभागि भएका थिए । आज उनी जनकपुरधाममा प्रजातान्त्रिक चिकित्सक संघ र मैथिली विकास कोषका कार्यक्रमहरुमा सहभागिता जनाएर उपत्यका फर्किने कार्यक्रम छ ।




