
जनकपुरधाम ।मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।
प्रदेश सभाको आज बसेको बैठकले मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आर्थिक वर्ष २०८२/८३ को लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीद्वारा प्रदेश सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम पारित गर्नका लागि प्रस्ताव पेश गरेपछि बैठकले सर्वसम्मतले पारित गरेको हो ।
प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि दुई दिनको छलफल भएपछि पारित गरिएको हो ।
यस अघि छलफलको क्रममा प्रदेश सभाका सदस्यहरुले उठाउनु भएको प्रश्नहरूको जवाफ मुख्यमन्त्री सतिशकुमार सिंहले दिएका थिए ।
नीति तथा कार्यक्रम पारित गर्नका लागि प्रदेशसभामा सभामुख रामचन्द्र मण्डलले ध्वनि मतको आधारमा पारित गर्नका लागि बैठकमा निर्णायार्थ पेश गर्दा विपक्षमा कुनै प्रदेश सभाका सदस्यले मत जाहेर नगरेपछि सर्वसम्मतले पारित भएको सभामुखले घोषणा गरे ।
यसअघि प्रदेश सभामा चार जना प्रदेश सभाका सदस्यहरुले नीति तथा कार्यक्रममा संशोधन गर्नका लागि प्रस्ताव दर्ता गराएकोमा सभामुख मण्डलले प्रस्ताव दर्ता कर्तालाई फिर्ता लिनका लागि आग्रह गर्दा फिर्ता नलिएपछि उक्त प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले अस्वीकृत भएको हो ।