
महोत्तरी - नेपालमा मानब अधिकारको अवस्था र बर्ष पुस्तक २०२६ का लागी संकलित घटनाहरुको अर्ध वार्षिक समिक्षा कार्यक्रम महोत्तरीको जलेश्वरमा ०८२ असार ४ गते सम्पन्न भएको छ । महोत्तरी जिल्ला स्थित सरोकारवाला निकाय , नागरिक समाज लगायत क्रियाशिल विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहगीतामा समिक्षा कार्यक्रम सम्पन गरिएको इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि ममता विश्वकर्माले बताउनु भयो ।

कार्यक्रममा बोल्दै महिला सचेतना केन्द्रकी अध्यक्ष साधना वर्माले जिल्लामा मानव अधिकारकर्मी सम्मीलित मजबुत सँजालको निर्माण गरिनु पर्ने बताउनु भयो । त्यसैगरि मानव अधिकारको विश्लेषक तथा लेखक राकेश प्रसाद चौधरीले पीडितका लागी सहयोगी संयन्त्रको अभाव रहेको र हरेक पालिकामा रहेको पीडित राहत कोषबारे ब्यापक छलफल गरि पैरवी अभियान सँचालन गर्न आवश्यक रहेको बताउनु भयो ।

त्यस्तै चौतारि नेपालका अध्यक्ष रामवरण यादवले बढि जोखिम र विभेदमा रहेका एच.आई.भी संक्रमित रहेकोले त्यस्ता पीडितको मानव अधिकारको सवालमा सबै पक्ष गम्भीर हुन आग्रह गर्नु भयो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका सइ आशा चौधरीले घरेलु हिंसा,बलात्कार,हत्या जस्ता घटना दिनानु दिन बढि रहेको र जोखिममा महिलाहरु रहेको बताउदै घटना न्यूनीकरणका लागी बिशेष रुपमा चेतनामूलक कार्यक्रम र अभियान चलाउनका लागी सबै संयुक्त रुपमा एकजुट हुन जरुरी रहेको बताउनु भयो ।

नागरिक समाजका अगुवा कमलेश सिंहले तथ्याङ्क संकलन तथा अभिलेखिकरणमा इन्सेकको कार्य उत्तम रहेको भन्दै यसको दायरा फराकिलो बनाउनु पर्नै बताउनु भयो । कार्यक्रमममा उपस्थित सबैले नेपालमा मानब अधिकारको अवस्था र बर्ष पुस्तकबारे समीक्षा गर्दै नेपाल मानब अधिकार बर्ष पुस्तक २०२६ का लागी शुभकामना समेत ब्यक्त गर्नु भयो ।
