
जनकपुरधाम- सिरहामा मोटरसाइकल र साइकल ठोक्किँदा तीनजनाको ज्यान गएको छ । मोटरसाइकल चालक सिरहाको कल्याणपुर–१२ का २९ वर्षीय नरेश मुखिया, पछाडि सवार कल्याणपुर नगरपालिका २ चतरीका २८ वर्षीय प्रदीप मुखिया र साइकल यात्री सिरहा नगरपालिका–२ का ६५ वर्षीय कुसे रायको मृत्यु भएको छ ।
सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार आज साँझ सवा ५ बजेतिर सिरहा नगरपालिका–१८ सन्हैठा स्थित हुलाकी सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०१००३ प ३२३० नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ गइरहेको साइकल ठोकिँएर दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते तीनैजनालाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकहरूको शव पोष्टमार्टमका लागि अस्पतालमा राखेर घटना विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी पासवानले बताए ।