जलेश्वर-धार्मिक स्थलहरुको पवित्रता र गरिमालाई कायम राख्न हिन्दु सम्राट सेन नेपालले ती स्थानहरुमा जुत्ता चप्पल लगाएर प्रवेश गर्न रोक लगाउन माग गरेको छ ।
सोमवार हिन्दु सम्राट सेना जलेश्वर नगर कार्यसमितिका अध्यक्ष शिवम सनातनी सहितको सदस्यहरुले जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनारलाई ध्यानाकर्षण गराएको छ ।महोत्तरी सदरमुकाम जलेश्वर स्तिथ जलेश्वरनाथ महादेव मन्दिरमा दर्शन गर्न आउने श्रद्धालु तथा स्थानियहरुले मन्दिर परिसर लागयत गर्भगृह समेतमा जुत्ता चप्पल लगाएर जाने गरेको घटना प्रति ध्यानाकृष्ट भएको हुँदा सोको व्यवस्थापन गर्न नगरप्रमुखलाई पत्र मार्फ़त जानकारी गराईएको अध्यक्ष शिवमले जानकारी दिएका छन ।
"जलेश्वरनाथ महादेव हाम्रा अभिभावक हुन यस नगरको अस्तित्व हुन महादेव बस्ने ठाउँ पवित्र र भक्तिमय भाव प्रदान गर्ने वातावरणमा हुनुपर्ने हो तर उचित व्यवस्थापन नभएकोले मन्दिरको सुन्दरता त् कुरूप हुँदै गएको छ यता पर्यटकले अवस्था हेरेर आफ्नो ठाउँ तिर यसको नकारात्मक प्रचार-प्रसार समेत गर्न सक्ने छन यसकै व्यवस्थापन का लागि हामी सबै मिलेर काम गर्नुपर्ने आवश्यकता समेत रहेको अध्यक्ष शिवम सनातनीले बताए । उनले सुझाव सहितको ध्यानाकर्षण गराएकोले नगरले यसप्रति चासो लिने विश्वास व्यक्त गरे ।
मन्दिर परिसरमा प्रवेश गर्नु अघि जुत्ता चप्पल लगाएर प्रवेशनिषेध गरिएको सांकेतिक पोस्टर सहित जुत्ता चप्पल व्यवस्थित राख्न ऱ्याक लगायतको अन्य सहज व्यवस्थापन गर्नुपर्ने माग गरेको छ ।





