
महोत्तरी- गौशाला नगरपालिका वडा नं. १२ अध्यक्ष कुशेश्वर सिंहले एक एकल महिलाकाे सिफारिस गरिएको कागजात च्याति दिएको छ।
गौशाला न.पा. वडा नं १२ परडिया निवासी स्व. कैलाश राउत को श्रीमती बिन्दा देवी राउतको श्रीमान जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । श्रीमानको मृत्यु पश्चात एकल महिला (विधुवा) को समाजिक सुरक्षा भत्ता राज्यबाट पाउने व्यवस्था भए अनुसार बिन्दा देवीले पनि भत्ता पाउने गर्थिन । तर अहिले केही दिन देखि भत्ता रोकियो।

समाजिक सुरक्षा भत्ता लिन बैंकमा पटक पट्क जादा बैंकले भत्ता नदिए पछि किन रोकिए बारे वडा अध्यक्ष संग भेटन जादा अध्यक्ष कुशेश्वर सिंहले कागजात च्यात्ति दिएको आरोप उनले लगाएकी छिन् ।
यस भन्दा पहिला विद्यालय को कुनै पद ग्रहण गरेको वेला राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुले दिएको निवेदन समेत च्यात्ति दिएको थियोे ।
वडा अध्यक्ष जस्तो गरिमामय पदमा बसेको जनप्रतिनिधिले नै एकल महिला संग यस्तो अभद्र व्यवहार गरेको बारे स्थानीय स्तरमा आलोचना हुन थालेको छ।
यस सन्दर्भमा वडा सिंह संग सम्पर्क गर्न खोज्दा मोबाइलमा सम्पर्क हुन सकेन ।